संसद विघटनको विपक्षमा: सुवासचन्द्र नेम्वाङ | Education Patra

संसद विघटनको विपक्षमा: सुवासचन्द्र नेम्वाङ


Subash chandra Nembang « Naya Page

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ ।

संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छ कि छैन भन्नेबारे संविधानका अक्षरहरु र ‘विधायिकी मनसाय’ को व्याख्या विश्लेषण भइरहेको छ ।

तर, संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने अहिलेसम्म संसद विघटनबारे मौनव्रतमा छन् ।
यद्यपि नेम्वाङले सार्वजनिकरुपमा केही नबोले पनि आफूनिकट कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसँग भने संसद विघटनबारे चर्चा गर्ने गरेका छन् । स्रोतको दाबी छ- तर, सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा हुनुहुन्छ ।

तर, किन उनी प्रधानमन्त्रीले संसद विघटन गर्दा सार्वजनिकरुपमा बोल्दैनन् त ? नेम्वाङसँग भेट्नेहरु उनलाई उधृत गर्दै भन्छन्, ‘पत्रकारहरुले सोधेर हैरान पारेका छन् । तर, कुनै साथीले मलाई अप्ठ्यारो छ भनेर लेख्नुभयो भने फ्रेममा सजाएर राख्छु ।’

संविधान मस्यौदा समितिका तत्कालीन सदस्य रामनारायण बिडारीका अनुसार संविधान निर्माणका क्रममा धारा-धारामा भएका हरेक छलफलमा नेम्वाङसँग राय मागिन्थ्यो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्