जनादेश नेपाल ।
नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओली महाठग भएको आरोप लगाएका छन् ।
भक्तपुरमा आज आयोजित नेकपा दाहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेलामा खनालले सुरक्षाको कारण देखाएर उपत्यकाभित्रका पार्टी बैठकमा नजाने प्रधानमन्त्री ओली अहिले उपत्यकाबाहिर समूहको सभामा दौडधुप गर्नुलाई महाठग भएको आरोप लगाए ।
नेकपा दुई खेमामा बिभाजन भएसँगै ओली समुहले आफ्नो समुहमा केन्द्रिय कमिटिमा ४० प्रतिशत पुयाउन नसक्ने केपी ओलीले पार्टी आफ्नो हो भन्नु बकवास मात्र भएको उनको भनाई छ । ओलीले आफ्नो पक्षमा २० प्रतिशत मात्र केन्द्रिय सदस्य पुर्याएर देखाउन नेता खनालले चुनौति दिएका छन् ।
नेता खनालले निर्वाचन आयोगले बिधि र संबिधानलाई ध्यान दिंदै बहुमत सदस्य रहेको दाहाल-नेपाल समूहको पक्षमा निर्णय गर्ने बताए । उनले धनगढीमा भएको प्रर्दशनलाई हाँस्यब्यङ्गको उपमा दिँदै ओलीले अब मह जोडीसँग मिलेर हाँस्य प्रतिष्ठान खोल्न सुझाब दिएका छन् ।
हालसम्म ओलीको हरेक गतिबिधि केवल हाँस्य प्रहसनका लागि मात्र उपयुक्त भएको टिप्पणी समेत नेता खनालले गरे ।