जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कुल्चिएका कारण प्रधानमन्त्री केपी ओली पराजित भैसकेको दाबी गरेका छन् ।
ओलीले संविधान र पार्टी विधान दुवैको गम्भीर उल्लङंघन गरेका कारण पराजित भैसकेको प्रचण्डको जिकिर छ । मंगलबार पोखरामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र विवाद भयो भनेर जनताको प्रतिनिधि संस्था भंग गर्नु संविधान माथीकै आक्रमण भएको बताए ।
अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले निश्पक्ष न्याय गर्नेमा विश्वस्त रहेको तर सूर्य चुनाव चिन्ह आफ्नै समूहले नपाए देशैभर आँधी हुरी बतास आउने चेतावनी पनि दिएका छन् ।
पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीकै कारण देश संकटको भूमरीमा फसेको बताए । अध्यक्ष ओली तानाशाही प्रवृत्ति देखाएको र पार्टीमा एकलौटी गरेर भ्रष्ट्रचारीलाइ संरक्षण गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले केपी ओलीको अहंकारलाइ ठेगान लगाएर छोड्ने चेतावनी दिए ।