ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ | Education Patra

ज्ञान सिकिनेछ, विज्ञान पुजिनेछ


कृष्ण पहाडी ।
विख्यात भौतिकशास्त्री स्टिफन हकिङले कुनै बेला धर्तीमा जीवन समाप्तिको उच्च जोखिम रहेको औंल्याउँदै मानव जातिलाई जोगाउने हो भने अन्य ग्रह/अन्तरिक्षमा बसाइँ सर्नुपर्ने सुझाएका थिए। विश्वव्यापी उष्णता, आणविक युद्घ, अनुवंशिक रूपमा इन्जिनियर्ड भाइरस जस्ता प्रकोप वा अन्य खतराबाट मनुष्यको अस्तित्वमाथि संकट मडारिएको हकिङको धारणा थियो। भाइरसका कारण मनुष्य लोप हुनसक्ने सम्भावना सम्बन्धमा हकिङले प्रष्ट किटान गरेका थिए – जेनेटिकल्ली इन्जिनियर्ड भाइरस। कुनै बेला जीव विज्ञानको विद्यार्थी भएका कारण हकिङको कथनले मलाई छोयो। यसै पनि दुई दसकदेखि आणविक अस्त्रविरुद्ध र एक दसकदेखि विश्वव्यापी उष्णताबारे म अभियानरत थिएँ।

२०७२ चैतदेखि ०७३ असारसम्म शान्ति समाजले नेपालका ६२ जिल्लामा खुला नागरिक सभा आयोजना गरेको थियो। त्यस दौरान प्रायस हरेक सभामा मैले हकिङलाई उद्घृत गर्दै उपरोत्ताm तीनवटा खतराबारे उल्लेख गरेको थिएँ। सन् २०१९ को बिदाइसँगै जब कोभिड-१९ को जगजगी सुरु भयो, हकिङको उपरोत्ताm कथन पुनः स्मृतिमा सल्बलायो।

एउटा मानव शरीरमा झन्डै ३७ दशमलव २ ट्रिलियन अर्थात तीन सय ७२ खरब सेल अर्थात् कोष हुन्छ र त्यो भन्दा बढी बाक्टेरिया। एउटा अध्ययनले एउटा मानव शरीरमा ३० ट्रिलियन अर्थात तीन सय खरब कोष विद्यमान हुदा झन्डै ३९ ट्रिलियन अर्थात तीन सय ९० खरब बाक्टेरिया हुने बताएको छ।

बाक्टेरिया भनेको जिवाणु र भाइरस भनेको विषाणु भन्ने बुझिन्छ। बाक्टेरिया एक कोषबाट बनेको हुन्छ जबकि भाइरस भनेको परजीवी हो जसलाई विस्तारका लागि जीवित सेल/टिसु चाहिन्छ। बाक्टेरिया भन्दा भाइरस सानो हुन्छ। एक प्रतिशत भन्दा कम बाक्टेरिया मात्र हानिकारक हुन्छन् जसलाई प्याथोजेनिक बाक्टेरिया भनिन्छ, जबकि पृथ्वीको पारिस्थितिक प्रणाली इकोसिस्टमदेखि मानव स्वास्थ्यका लागि अन्य बाक्टेरियाहरू हितकारी हुन्छन्। भाइरस भने प्रायस हानिकारक हुन्छन्। भाइरस भन्नासाथ आक्रामक संक्रमणका लागि चिनिन्छ तथापि केही भाइरसले अन्य भाइरस सिध्याउने हुँदा हितकारी हुन सक्छन् जसलाई प्रोटेक्टिभ भाइरस भनिन्छ। कतिपय भाइरस असिम्प्टोम्याटिक अर्थात् कुनै लक्षण नदेखाउने हुन्छन्। कुनै मान्छेले एक पटक खोक्दा/हाच्छिउँ गर्दा तीन हजार देखि दसौं हजार छिटा प्रक्षेपित हुन्छन्। संक्रमित मान्छेको प्रत्येक छिटामा लाखौं/करोडौं विषाणु जिवाणु हुन सक्छन्। त्यस्ता विषाणु वायुमण्डलमा केही समयसम्म तैरन्छन् त्यसपछि सतह, वस्तु आदिमा बस्न पुग्छन्। तिनको खास आयु हुन्छ तसर्थ ती जीवित रहेसम्म संक्रमणको सम्भावना/ खतरा रहिरहन्छ।

भूगोल, इतिहास, धर्म, जातिभन्दा माथि उठेर कोरोना संक्रमणबाट मुत्तिाmको एउटै विन्दुमा समस्त विश्वको ऊर्जा खपत हुनुपर्छ किनकि विषाणु अर्थात भाइरस भएका कारण यसको स्वरूप मनुष्यमैत्री भएर जानसक्ने खास आधार छैन।
कोरोना जुनोटिक प्रकारको भाइरस हो, जुन पशु/पंक्षीमा पाइन्छ र मान्छेमा सर्छ। अहिले मान्छेबाट मान्छेमै सरिरहेको छ। भाइरसहरू परजीवी हुन्छन् अर्थात् मानव शरीर यसको आ श्रयस्थल (होस्ट )हो र होस्टभित्र मात्रै यसको विस्तार हुन्छ। एक पटक कुनै भाइरसको संक्रमणबाट निको भइसकेको मान्छेलाई भविष्यमा सामान्यतया त्यही संक्रमण दोहोरिँदैन तर कोभिड-१९ को मामलामा ढुक्क भएर भन्न सकिने अवस्था छैन। भाइरसले जब मानव शरीरमा अतिक्रमण गर्छ, त्यस्तो संक्रमणविरुद्घ हाम्रो प्रतिरोध प्रणाली सक्रिय हुन्छ। किशोर वयमा भाइरल इन्फेक्सन हुनु/ज्वरो आउनु सामान्य प्रक्रिया हो किनकि त्यसैका कारण शरीरमा प्रतिरोध प्रणाली विकसित हुँदै जान्छ। शरीरमा घुसपैठी भाइरस परास्त भए कुनै रोग लाग्दैन तर मानव शरीरको प्रतिरोध प्रणाली कमजोर/परास्त भयो भने संक्रमण फैलिन्छ।

यसरी भाइरसले मानव कोषमा गुँड लगाउँछ र भाइरसको संख्या अभूतपूर्व तवरमा वृद्घि हुँदै जान्छ। यसरी मानव शरीरभित्र लाखौं/करोडांै भाइरस वृद्घि हुँदै जाँदा मान्छे बिरामी हुन्छ र अन्ततः मृत्यु हुन्छ। कोरोना परिवारको एउटा सदस्य हो सार्स–कोभ–२ भाइरस जसको संक्रमणबाट लाग्ने रोगलाई कोभिड-१९ भनिन्छ (पहिले २०१९ नोबेल कोरोना भाइरसका रूपमा चित्रित)। जसको प्रतिरोध क्षमता अर्थात् इम्युन कमजोर छ त्यसमाथि कोरोनाले डेरा जमाउने सम्भावना प्रबल हुन्छ। कोभिड-१९ मा सामान्यतया १४ दिनभित्र संक्रमणको लक्षण देखिन्छ। कोरोना भाइरसको बिगबिगी जति भए पनि सबैमा संक्रमण हँुदैन। जतिलाई हुन्छ सबैमा संक्रमणको लक्षण देखिँदैन। जतिमा देखिन्छ सबैको मृत्यु हुँदैन। यसको उपचारमा अहिलेसम्म ठोस औषधि किटान भएको छैन र खोप विकास भइसकेको छैन यद्यपि औषधि निर्माता अहोरात्र लागेका छन्, वैज्ञानिक जुटिरहेका छन्, चिकित्सक निरन्तर खटिरहेका छन्।

कोभिड-१९ को सम्भाव्य उपचारका रूपमा अहिले केही औषधि विशेष चर्चामा छन्। एउटा हो इबोला भाइरसको उपचारमा प्रयोग भइरहेको एन्टिभाइरल औषधि रेम्डेसिभिया। केही सीमित प्रयोगपश्चात यो औषधिले आशा जगाएको समाचार आउन थालेको छ। यस्तै ईआई डीडी २८०१ भनिने मुखबाट खाने औषधि कोभिड सन्दर्भमा रेम्डेसिभिया भन्दा प्रभावकारी देखिएको समाचार प्रकाशित भएको थियो। अर्को हो औलो (मलेरिया) को उपचारमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोकिन। हरेक औषधिको साइड इफेक्ट हुन्छ, क्लोरोकिन र हाइड्रोक्सिक्लोरोकिनले पनि मुटुमा असर गर्ने बताइन्छ तथापि अमेरिका, ब्राजिल, इजरायल लगायतका देश भारतबाट यो औषधि आयात गर्न तछाडमछाड गर्दैछन्। स्मरणीय छ, भारतले यो औषधि उपलब्ध नगराए बदला लिनेसम्मको धम्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए। कतै इन्फ्लुएन्जाको उपचारमा प्रयोग हुने एन्टी भाइरल औषधि एभिगनको प्रयोग भइरहेको छ, कतै हाइड्रोक्सिक्लोरिकिनमा एजिथ्रोमाइसिन मिलाई संक्रमितमा प्रयोग गरिँदैछ।

कोभिडविरुद्घ औषधिको खोजमा दुई सयभन्दा बढी औषधिको क्लिनिकल ट्रायल भइसकेको छ। विद्यमान एन्टिभाइरल औषधिहरूको समन्वयबाटै कोभिड-१९ को औषधि विकास हुने विश्वास कतिपय वैज्ञानिकको छ। त्यसैले होला प्रारम्भमा लोपिनाभियर र राइटेनोभियरको समन्वय रहेको एन्टिभाइरल औषधि कलिट्रा कहीं कहीं प्रयोग गरिएको थियो तर त्यसको परिणाम त्यति उत्साहजनक नभएको बताइन्छ। प्रतिरोध क्षमता बढाउने कुनै पनि औषधि कोरोना उपचारमा सहयोगी हुनसक्ने बताइन्छ। एचआईभी एड्स संक्रमितको उपचारमा प्रयोग गरिने एन्टिरिट्रो भाइरल लगायतका प्रतिरोध क्षमता बढाउने औषधि पनि अहिले चर्चामा छन्।

कोभिड-१९ संक्रमणबाट निको भएकाहरूको रगतमा त्यसविरुद्घ लड्ने एन्टी बडिज बनेको हुन्छ जुन प्लाज्मामा विद्यमान हुन्छ। निको भएकाहरूको प्लाज्मा नया संक्रमितमा ट्रान्सफ्युजन गरी उपचारको प्रयास पनि जारी देखिन्छ। यिनै र यस्तै प्रयास र विकासको परिणाम चाँडै नै सुखद समाचार सुन्न पाइने विश्वास गरिन्छ, मनुष्यको ज्ञान र विकसित विज्ञानमा भरोसा जो छ।

कोभिड-१९ विरुद्घ थुप्रै खोपको परीक्षण भइरहेको छ। चिकित्सक, वैज्ञानिक दाता निर्माताको सामूहिक टोली कोभिड-१९ विरुद्घको खोप विकास गर्न लागिपरेको छ र उपलब्धिको नजिक बताइन्छ तथापि त्यस्तो खोप सर्वत्र उपलब्ध हुन एकदेखि डेढ वर्ष लाग्ने सुनिन्छ। आधिकारिक तवरमै तीनवटा खोप क्लिनिकल परीक्षणमा र ६७ वटा पूर्व क्लिनिकल परीक्षण अवस्थामा रहेको भनिन्छ। चीनले भर्खरै दुई वटा परीक्षणात्मक खोपलाई स्वीकृति दिएको समाचार सार्वजनिक भयो।

अमेरिकालगायत विभिन्न देशमा कोभिडविरुद्घ २० भन्दा बढी खोप परीक्षणको क्रममा छन्। विगतको अनुभवका आधारमा एकथरीको मत छ, जहाँ जहाँ क्षयरोगविरुद्ध बीसीजी खोप लगाइएको थियो, त्यहाँ कोभिड-१९ संक्रमण न्यून छ। यसबारे थप तथ्य प्रकाश हुँदै जाला तर ९९ वर्ष पुरानो यो खोप अहिले चर्चामा छ। कोभिड -१९ कुनै एक क्षेत्र वा देशको मात्र समस्या होइन। विश्वको एउटा भागमा कोभिडले आतंक मच्चाइराख्दा अर्को भागमा पनि स्वतः हाहाकार हुनेछ। तसर्थ भविष्यमा कोभिड-१९ नियन्त्रण गर्ने ज्ञान र विजय हासिल गर्ने विज्ञान पुजिनेछ।

बाक्टेरिया र भाइरसका कारण थुप्रै समान संक्रमण हुने गर्छन्। एन्टिवायोटिक बाक्टेरियाविरुद्घ काम गर्छ, भाइरसविरुद्ध होइन। एन्टिबायोटिक्सको प्रयोगले कतिपय गम्भीर संक्रमण/बिमारीबाट मुत्तिाm पाइन्छ तर एन्टिबायोटिक्सको प्रयोग वा अत्यधिक प्रयोगले मानव शरीरभित्रका लाभकारी बाक्टेरियालाई पनि क्षति पुगिरहेको हुन्छ। यद्यपि विज्ञहरू भन्छन्, त्यस्तो क्षति विस्तारै पूर्ति (रिकभर) हुँदै जान्छ। बाक्टेरियाले प्रतिरोध शत्तिाm बढाउँछ र बाह्य आक्रमणलाई रोक्छ। कोभिड-१९ ले हाहाकार मच्चाएको बेला मनुष्यको प्रतिरोध क्षमता कमजोर हुँदै जानुको मूल कारण के हुन सक्छ ? बहस पनि बढ्दै गएको छ।

समग्र घटनाक्रमले वर्तमानमा मनुष्यको इम्युन अर्थात प्रतिरोध प्रणाली कमजोर हुँदै गएको दर्शाउँछ। इम्युन प्रणाली कमजोर हुँदै जानुमा एन्टिबायोटिक्सको अधिक प्रयोग/अत्यधिक निर्भरता पनि हुन सक्छ। रेसादारको सट्टा जन्क भोजनको बिगबिगी पनि हुन सक्छ। मानसिक तनाव/बढ्दो डिप्रेसन (विषाद) पनि हुनसक्छ। शारीरिक अभ्यासको कमीलगायत अनेकौं कारण हुन सक्छ।

अर्कोतिर मनुष्यको प्रतिरोध प्रणालीले रोक्न/नियन्त्रण गर्न नसक्ने विषाणु/जिवाणुको उत्पत्तिा/विस्तार हुँदै गएको देखिन्छ। आरोप /प्रत्यारोपमा अलमलिने बेला यो होइन तथापि विरोधाभासपूर्ण चरित्र/गुण समेटेका यस्ता भाइरस कतै जैविक हतियारका लागि विकास गरिएका त थिएनन् ? र त्यसै क्रममा दुघर्टनावश फैलिएको त होइनन् ? जरोमा पुग्नु आवश्यक छ।

कोरोना भाइरस त्यस्तो विषाणु हो जसले अझै परिमार्जित भएर वर्षौंसम्म मानव जातिलाई सताउन पनि सक्छ। कोभिड-१९ को उत्पात मनुष्य जातिमाथि खतराको प्रारम्भिक घण्टी हो तसर्थ कोरोना चुनौतीको सामना गर्न विश्व नै एक हुनुपर्छ। ज्ञान परिमार्जित गर्नुपर्छ , विज्ञान परिष्कृत बन्नुपर्छ र विवेक प्रस्फुटित हुनुपर्छ। भूगोल, इतिहास, धर्म, जातिभन्दा माथि उठेर कोरोना संक्रमणबाट मुक्तिको एउटै विन्दुमा समस्त विश्वको ऊर्जा खपत हुनुपर्छ किनकि विषाणु अर्थात भाइरस भएका कारण यसको स्वरूप मनुष्यमैत्री भएर जान सक्ने खास आधार छैन।

तर, यही बेला विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने घोषणा पीडादायी छ। यसैगरी नोबेल कोरोना भाइरसको उत्पत्तिा/कारण सम्बन्धमा प्राज्ञिक अनुसन्धान प्रकाशनमा चीनले कडाइ अवलम्बन गरेको समाचार आएको छ, त्यो सत्य हो भने विस्मयकारी छ।

Source: http://annapurnapost.com/news/153487

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्