जनादेश नेपाल, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको आज बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि काठमाडौँस्थिति कार्की ब्याङ्क्वेटमा यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको हो ।
यसअघि आज बिहान शीर्ष नेताहरुको पार्टी मुख्यालयमा बैठक बसेको थियो । एजेन्डा तय गर्नका लागि ११ बजे बस्ने भनिएको बैठकको समय सारेर एक बजे तय गरिएको थियो ।
आजको बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ ।