भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द | Education Patra

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द


जनादेश नेपाल, काठमाण्डौ । भारतमा टिकटकसहित ५९ चिनियाँ एप्सहरु सधैंका लागि बन्द भएका छन्।

भारतको प्रविधि मन्त्रालयले हालै टिकटकसहित ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको एनडीटीभीले जानकारी दिएको छ।

अस्थायी प्रतिबन्ध लगाएको ७ महिनापछि भारत सरकारले ती एप्सहरुलाई स्थायी रुपमै प्रतिबन्ध लगाइएको हो।

भारतले गतवर्षको जुन महिनामा टिकटकसहित ५९ चिनियाँ एप्सहरुलाई साइबर सुरक्षा खतरा बढेकाले प्रतिबन्ध लगाएको थियो।

भारत र चीनबीच विवादित गलवान उपत्यकामा झडप भएपछि र २० भारतीय सेनाको मृत्यु भएपछि भारतले उक्त कदम चालेको थियो।

भारतले यी एप्सहरुले भारतीय डेटा चोरी गर्ने गरेको आशंका गरेको थियो। यद्यपी टिकटकसहितका चिनियाँ एप्सहरुले डेटा चोरीको आरोप खण्डन गर्दै आएका छन्।

टिकटकले भारतीय प्रणालीमै रहेर आफूले यहाँ सेवा दिने बताउँदा पनि भारतले नमानेको बताइएको छ। एजेन्सीको सहयोगमा

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्