कोरोना महामारीः एकै दिन गुमाए करिब १४ हजारले ज्यान, अमेरिकामा सर्वाधिक क्षति | Education Patra

कोरोना महामारीः एकै दिन गुमाए करिब १४ हजारले ज्यान, अमेरिकामा सर्वाधिक क्षति


अन्तर्राष्ट्रिय अपडेट ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन करिब १४ हजार जनाले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १३ हजार आठ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ७६ हजार दुई सय ८५ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३३ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ६१ हजार पाँच सय ६४ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार तीन सय २२ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार एक सय ८० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका आठ सय २६, स्पेनका पाँच सय ६५, मेक्सिकोका चार सय ३३, रूसका पाँच सय २६, दक्षिण अफ्रिकाका तीन सय ९८, फ्रान्सका तीन सय ५७ तथा इटालीका चार सय ७६ जना रहेका छन्।

भारतमा सोही अवधिमा ९९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार सात सय ३४ पुगेको छ।

एजेन्सीहरुको सहयोगमा ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्