ज्वाइँलाई भूमिसम्बन्धी आयोगको जिल्ला अध्यक्ष बनाएकोमा मुख्यमन्त्रीको चौतर्फी आलोचना | Education Patra

ज्वाइँलाई भूमिसम्बन्धी आयोगको जिल्ला अध्यक्ष बनाएकोमा मुख्यमन्त्रीको चौतर्फी आलोचना


जनादेश नेपाल, काठमाण्डौ । सुकुम्वासी समस्या बढी भएको जिल्लामध्ये पर्ने दाङमा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला अध्यक्षमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका ज्वाइँ शिवकुमार आचार्यलाई मनोनित गरिएको छ ।

आचार्यलाई अध्यक्षमा मनोनित गरिएपछि मुख्यमन्त्री पोखरेलको चौतर्फी आलोचना भएको छ ।

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

तीन सदस्यीय समितिको अध्यक्षमा आचार्य चयन भएपछि मुख्यमन्त्री पोखरेल समेत विवादमा तानिएका हुन् । जसको विज्ञ सदस्यमा रेवन्त चौधरी र सदस्यमा हेमराज पुन मनोनित भएका छन् ।

शक्तिको आडमा आचार्यलाई नियुक्त गरिएको भन्दै प्रदेशवासीले सामाजिक सञ्जालदेखि सबै क्षेत्रमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्