जनादेश नेपाल, काठमाण्डौ । बाडुल्की आउनु एक सामान्य समस्या हो । केही मान्यता अनुसार, यदि कसैले हामीलाई याद गरिरहेको छ भने बाडुल्की लाग्न शुरू हुन्छ तर बाडुल्की लाग्नुको पछि वैज्ञानिक कारण अनुसार हाम्रो शरीरमा डायफ्राम खुम्चिनु हो ।
छातीलाई पेटबाट अलग गर्ने मांशपेशी अर्थात् डायफ्राम श्वास लिने प्रक्रियामा मुख्य भूमिका निभाउँछ । यस अवस्थामा यो खुम्चिनु बाडुल्की लाग्ने प्रमुख कारण हुन्छ । यसको साथै बाडुल्की लाग्ने अन्य कारण हुन्छन् जस्तै:- अधिक मात्रामा पिरो खाना खानु, अधिक जाँडरक्सी खानु, चाँडो-चाँडो खाना खानु आदि ।
कहिलेकहीँ बाडुल्कीले निकै पीडित बनाउँछ । यस अवस्थामा केही सामान्य उपाय अपानई बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
यदि यी उपाय अपनाउँदा पनि बाडुल्की लाग्ने समस्या निको नभएमा चिकित्सक कहाँ जाँच गराउन आवश्यक हुन्छ ।
बाडुल्की किन लाग्छ ?
यसको जवाफ अझै वैज्ञानिकहरुले किटान गर्न सकेका छैनन् । बाडुल्की लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ ।
उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुल्की लाग्न सक्छ ।
बाडुल्कीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुल्की लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुल्की किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ ।
बाडुल्की लाग्ने समस्याबाट छुटकारा पाउने उपायहरू:-
१- कागतीको सेवनले बाडुल्की लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुल्की लाग्छ तब कागतीको एक चम्मच रसमा एक चम्मच महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुल्की लाग्ने समस्या तुरुन्त निको हुन्छ ।
२-आफ्नो श्वासलाई लामोसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुल्की लाग्न बन्द हुन्छ ।
३-सिरकाको खट्टो स्वाद बाडुल्की रोक्न निकै मद्दत गर्छ । जब बाडुल्की लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुल्की लाग्न बन्द हुन्छ ।
४- पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुल्की लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।
५- एक चम्मच चीनीको सेवन पनि बाडुल्की रोक्नको लागि अचूक उपाय मानिन्छ ।
६- दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाउनुहोस् । अब यसलाई चपाएर रस चुस्नुहोस् । यो उपाय बाडुल्की रोक्नका लागि सबैभन्दा उपयोगी उपाय मध्य एक हो ।