बाथरोग के हो ? उपचार कसरी गर्ने ? | Education Patra

बाथरोग के हो ? उपचार कसरी गर्ने ?


बाथ रोग भनेको के हो ?
बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको कारणले हुन्छ ।

हाम्रो शरीरमा बाहिरी जिवाणुसंग लड्नको लागी बिशेष कोशीहरु हुन्छन् । जब कुनै कारणवस यी कोशीहरुले आफ्नै शरीरका विभिन्न अंगहरुलाई आक्रामण गर्न थाल्छन ,त्यसलाई अटोयिमुन प्रोसेस भनिन्छ । यस अटोयिमुन रोगहरुमा बाथ रोग,डाईवेटिज,थाईरोइड तथा अन्य रोगहरु पर्दछन् ।

बाथ रोग हुनुको कारण ?
बाथ रोग लाग्नुको कारण अहिले सम्म पत्ता लागि सकेको छैन । तर जेनेटिक र कुनै विशेष जिवाणुको संक्रमणको कारणले भने बाथ लाग्न सक्छ । यसै गरी चुरोटको धुँवाले बाथको मात्रा बढाउन सक्छ ।

बाथ कति प्रकारका छन ?
अहिले सम्म १०० प्रकारका भन्दा बढी बाथ पत्ता लागी सकेको छ ।

नेपालको सन्दर्भमा भन्नु पर्दा प्रायः जसो देखिने बाथ : गठिया बाथ (Rhematoid arthritis),  कुरकुरे हड्डी खिईने बाथ (osteoarthritis) , हड्डी मक्खिने बाथ(osteoporosis) , यूरिक एसिड को बाथ (Gout) मेरुडण्डको बाथ (Spondyloarthritis) , लुपस (SLE) , मांसपेसीको बाथ (Fibromyolgia), स्केलेरोडर्मा (scleroderma) हुन् । यी बाहेक अन्य प्रकारका बाथ पनि देखिने गरेको छ ।

नेपालमा बाथको संख्या कति छ ?
नेपालमा बाथको संख्या कति छ भनेर कुनै तथ्याकं त अहिले सम्म छैन् तर विश्व तथ्याकं अनुसार विश्वको १० प्रतिशत जनसंख्यालाई बाथ रोग हुने अनुमान गरिएको छ । यस हिसाबले नेपालमा पनि प्राय ३० लाख बाथ रोगी हुनु पर्छ ।

बाथका लक्ष्यणहरु के के हुन ? कसलाई हुन सक्छ ?
बाथको प्रकार अनुसार लक्ष्यणहरु भिन्न भिन्न हुन्छन ।
प्राय जसो सबै बाथमा हुने लक्षण भनेको जोर्नीहरु दुख्नु हो । साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्मिक लक्ष्यणमा पर्छ । समयमै उपचार नगर्दा जोर्नीहरु बिस्तारै बङ्गिदै जान सक्छ ।

गठिया बाथ : यो बाथ प्राय जसो ४० वर्ष कटेका महिला मान्छेमा बढी देखिन्छ । पुरुषमा भन्दा महिलामा यो तिन गुणा बढि देखिएको छ । यस बाथमा जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने र बिस्तारै बङगिदै जाने हुन्छ ।

कुरकुरे हड्डी खिईने बाथ : यो बाथ प्राय जसो ५० वर्ष कटेका महिला र पूरुषमा बढी देखिन्छ । यसमा धेरै जसोको घुँडाको जोर्नी सिंधी तलमाथी गर्दा अथवा उकालो ओरालो हिड्दा दख्ने गर्छ । यसले हातका साना जोर्नीमा पनि असर गर्न सक्छ ।

युरिक एसिडको बाथ : 
यो प्राय जसो ४० वर्ष कटेका पुरुषमा देखिने बाथ हो । युरिक एसिड को बाथ महिला र बच्चामा धेरै देखिदैन । यस बाथमा प्राय जसो खुट्टाको बुढी औंला रातो भएर सुन्निएर बेस्सरी दख्ने गर्छ र ४, ५ दिनमै आफै निको भएर जान्छ । यस्तो दुखाई वर्ष दिनमा २, ३ पटक हुन सक्छ ।

लुपस :यो बाथ तन्नेरी महिलाहरुमा बढी पाईन्छ । यसमा जोर्नीहरु दुख्नुको साथै कपाल धेरै झर्ने ,मुखमा बारम्बार घाउ आउने,घाममा जादाँ अतिरिक्त पोल्ने र दाबर आउने तथा चिसोमा औलाको रँग परिवर्तन हुने जस्ता लक्ष्यणहरु देखिन्छन् ।

मांसपेसीको बाथ : यो पनि महिलामा बढी देखिने एक प्रकारको बाथ हो । यसमा शरीरका विभिन्न मांसपेसीहरु दुख्ने ,कटकटी खाने आलश्य लाग्ने ,निद्रामा समस्या हुन ेबारम्बार टाँउको दूख्ने जस्ता लक्ष्यण हुन सक्छन् ।

स्केलेरोडर्मा : यो बाथ महिलामा बढी देखिन्छ । यो बाथ भनेको छाला कडा हुने बाथ हो अथवा छालाको बाथ । यसका दुई प्रकार छन् : Localized र Diffuse । यस बाथमा छाला संगै शरीरका भित्री अंगहरु जस्तै फक्सो, मुटु, खानाको नलीमा पनि असर पर्न सक्छ ।

बाथ कुन उमेरमा बढी हुन्छ ?
बाथ बच्चा देखि वृद्घ सम्म सबै उमेरका मानिसमा देखिन सक्छ । उमेर अनुसार बाथको प्रकार र जटिलता फरक फरक हुन्छ । यसै गरी महिला र पूरुषमा पनि कुनै बाथ महिलामा बढी देखिन्छ भने कुनै पूरुषमा ।

बाथबाट बच्ने उपाय ?
बाथ हुने नदिन त कुनै उपाय छैन । तर बाथका जटिलताहरु बाट भने बच्न सकिन्छ । समयमा रोगको पहिचान र उपचार गरियो भने बाथ पुरापुरी नियन्त्रणमा आउन सक्छ ।

बाथको उपचार ?
बाथ रोगको नियन्त्रणका लागी विभिन्न प्रकारका औषधीहरु र पद्दतीहरु उपलब्द छन् । रोगको धरण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ भनेको दीर्घ कालीन रोग भएकोले औषधी पनि प्रायः लामो समय सम्म नै चल्छ । तर लक्षण शुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।

# बाथरोग विशेषज्ञ डा. नकर्मी नेशनल बाथरोग सेन्टर रातोपुलसंग आवद्ध छन् ।

नेपाली हेल्थबाट साभार

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्