दिल्लीमा जलाइयो ग्रेटाको पुत्ला | Education Patra

दिल्लीमा जलाइयो ग्रेटाको पुत्ला


भारतको राजधानी नयाँदिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला दहन गरिएको छ।

भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइएको हो। यसअघि  हिजै दिल्ली प्रहरीले थनबर्गविरूद्ध मुद्दा दर्ता गरेको थियो।

भारतमा जारी किसान आन्दोलनलाई भड्काउने गरी ट्वीट गरेको भन्दै दिल्ली प्रहरीको साइबर सेलले उनीविरूद्ध  मुद्दा हालेको हो। ग्रेटाले ट्वीट गर्नुअघि पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारे किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।

उनको एउटा ट्वीटपछि थनबर्गसहित विभिन्न देशका हस्तीहरूले किसान आन्दोलनको कुरा उठाएका थिए। थनबर्गले आफू भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा रहेको बताएकी थिइन्। एजेन्सीको सहयोगमा

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्