लन्डन — प्याट्रिक बामफोर्डले गरेको आफ्नो खेल जीवनको सयौं गोलमा लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको छ । यो जितपछि लिड्स अंक तालिकाको शीर्ष दसभित्र पनि पुगेको छ ।
ज्याक ह्यारिसनको गोलले अग्रता लिएको लिड्सका लागि २७ वर्षीय खेलाडी बामफोर्डले दोस्रो गोल थपे । उनले लिड्सका लागि ३८ गोलसँगै एमके डोन्सका लागि २१, डर्बीका लागि आठ र मिडल्ब्रोका लागि ३८ गोल समावेश छ ।