बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त | Education Patra

बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त



ढाका । बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ । तथ्याङ्क अनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् ।

विगत २४ घण्टामा बङ्लादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ ।

बङ्गलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । रासस/सिन्ह्वा

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्