कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु | Education Patra

कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु


साओ पाउलो । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभए यता हालसमम २ लाख ३६ हजार २०१ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् । यसको संक्रमणको कारण विश्वभरी २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन् । रासस/सिन्ह्वा

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्