श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली | Education Patra

श्रेष्ठको निधनबाट प्रगतिशील आन्दोलनमा क्षति : प्रम ओली


Nepal working to deepen ties with India, says PM KP Oli | India News | Zee  News
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताउनुभएको छ । उहाँले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको योगदानलाई स्मरणसमेत गर्नुभएको छ ।

माक्र्सवादको गहिरो अध्ययन गर्नुभएका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत हुनुहुन्थ्यो । प्राध्यापन पेशामा लामो समय बिताउनुभएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो । मिर्गाैला र मुटु रोगबाट पीडित उहाँको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्