रारातालमा पानीको सतह घट्यो | Education Patra

रारातालमा पानीको सतह घट्यो


मुगु। लामो खडेरी र जलवायु परिवर्तनको कारण प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पानीको सतह घटेको छ । राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान गरिएको रारा राष्ट्रिय निकुञ्‍जले जनाएको छ ।

निकुञ्‍जका संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार राराबाट निस्किने निकासखोलामा अहिले पानी छैन । त्यहाँबाट पानी नबग्नु भनेको रारामा पानीको सतह तल खस्नु हो । ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको उनले जानकारी दिए ।

‘अहिले राराको सतह करिब १० सेन्टिमिटर घटेको हाम्रो अनुमान रहेको छ, तर नाप्ने मेसिन नहुँदा कति घट्यो भन्ने एकिन थाहा हुन सकेको छैन,’ उनले भने, ‘गहिराइ नाप्नको लागि हामीले सम्बन्धित निकायसँग अनुरोध गरेका छौं ।’

समुद्री सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्दछन् ।

पर्याप्त हिमपात र वर्षा नहुादा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनारा पनि पहिलेभन्दा केही तह गएको बताए । ‘पुसदेखि राम्ररी हिउँ पनि परेको छैन, जेठसम्म त पानी अहिलेभन्दा अझ बढी घट्ने देखिन्छ,’ उनले भने, ‘तालको छाल (किनारा) तल सरेपछि पानी पनि घटेको हुनुपर्छ ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्