चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित, मेडिकल काउन्सिलमा धर्ना | Education Patra

चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित, मेडिकल काउन्सिलमा धर्ना


जनादेश नेपाल, काठमाण्डौ ।

कोभिड–१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४को ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए । तर कानून अनुसार सहजिकरण गर्नका लागि छलफल भइरहेको पनि बताए ।

चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्