शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढीको कारोबार | Education Patra

शेयर बजारमा सामान्य सुधार, ५ अर्ब बढीको कारोबार


जनादेश नेपाल, काठमाण्डौ ।

साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य सुधार आएको छ । मंगलबार ०.५८ प्रतिशत अर्थात १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.०९ अंकले बृद्वि भएर ४४८.८९ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचक अनुसार आज २०८ कम्पनीको ६१ हजार ४२२ पटक कारोबार भएर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज १२ उपसमुह मध्ये ६ उपसमुहको परिसुचक बढेको छ भने ६ उपसमुहको परिसुचक बढेको छ । सबैभन्दा धेरै व्यापार उपसमुहको ९.३४ प्रतिशत परिसुचक बढेको छ भने बैकिङ्ग, विकास बैंक, फाइनान्स लगायतको नेप्से परिसुचक घटेका छन् ।

त्यस्तै, आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धरै कारोबार भएको छ । बैंकको ५२ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । नेप्सेको अनुसार अपर तामाकोशीको ३२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज पन्चकन्या माई हाइड्रोपावर लिमिटेडको ४.१५ प्रतिशतले नेप्से परिसुचक घटेको छ । त्यस्तै सप्तकोशी विकास बैंक लिमिटेडको ३.६१ प्रतिशतले सुचक घटेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्