दुर्गाप्रसादले पाए नेपाली नागरिकता | Education Patra

दुर्गाप्रसादले पाए नेपाली नागरिकता


इलाम ।

चालिस वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।

उहाँले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिनुभएको हो । भतिजो गोपाल तिम्सिना, भाई धीरेन्द्र शर्मा रमणसहित जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि पुग्नुभएका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३–०१–७७–०३२५१ नागरिकता प्रमाणपत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभयो ।

नागरिकता लिन कार्यालय आएका उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले तिम्सिनालाई खादा ओडाएर सम्मान गर्नुभएको थियो । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्