कोरोना बढेपछि डब्ल्युएचओले भन्योः तत्काल १ करोड मात्रा खोप चाहियो | Education Patra

कोरोना बढेपछि डब्ल्युएचओले भन्योः तत्काल १ करोड मात्रा खोप चाहियो


एजेन्सी ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्व्यापी खोप अभियान कोभ्याक्सका लागि तत्काल १ करोड मात्रा खोप उपलब्ध गराउन आह्वान गरेको छ ।

कोभ्याक्स मार्फत गरिब मुलुकमा खोप उपलब्ध गराउन कोरोनाविरुद्धको १ करोड मात्रा खोप दिन खोप उत्पादक मुलुक र कम्पनीसँग डब्लूएचओले आग्रह गरेको हो । डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले यो वर्षको प्रारम्भमा एक सय दिन भित्र सवै मुलुकलाई खोप सुरु गर्ने सुनिश्चित गर्न आह्वान गरेको बताए । तर एक सय दिन बित्न १५ दिन बाँकी रहँदा ३६ मुलुकका उच्च जोखिममा रहेकालाई अझै पनि एक मात्रा खोप पनि उपलब्ध गराउन नसकिएको उनले बताएका छन् ।

कोभ्याक्सबाट आगामी दुइ साताभित्र १६ मुलुकमा खोप उपलब्ध गराउने लक्ष्य छ भने २० मुलुकमा अझै पनि खोप वितरणको तालिका सार्वजानिक गरिएको छैन् । राष्ट्र संघ अन्र्तगतको कोभ्याक्सले सन् २ हजार २१ भित्र गरिब मुलुकमा २ अर्ब मात्रा खोप उपलब्ध गराउने योजना सार्वजानिक गरेको छ । तर विकसित मुलुकले खोप थुपार्दा खोप असमानता बढेको उच्च आय भएका मुलुकको चर्को आलोचना भइरहेको छ ।

विश्वव्यापी महामारी रुप लिएको कोरोना अहिले पुनः फैलिने क्रम जारी रहँदा धेरै जसो विपन्न मुलुकमा खोप कार्यक्रम अझै पनि आरम्भ भएको छैन् । अमेरिकामा अहिले सम्म एक सयमा ३९ जनाले खोप पाएका छन् भने युरोपमा १४ जनाले खोप पाइसकेका छन् । तर विकसित मुलुकको तुलनामा अफ्रिकी मुलुकमा एक सय जनामा शुन्य दशमलब छ आठ जनाले खोप पाएका छन् ।

गत साता भारतले कोरोना संक्रमण बढेको भन्दै आफ्नो मुलुकमा उत्पादित एस्ट्राजेनेकाको खोप निकासीमा अस्थायि प्रतिबन्ध लगाएको छ । जसका कारण खोप निर्भरमा रहेका नेपाल सहित १ सय बढी मुलुकको खोप अभियान प्रभावित हुने अनुमान गरिएको छ ।

विश्वभर १ सय ४० मुलुकमा अहिले खोप कार्यक्रम चलिरहदाँ ५१ करोड ८० लाख बढी खोप बितरण भइसकेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्