पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द | Education Patra

पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द


जनादेश नेपाल, गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ ।

बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासकीय अधिकृत न्यौपानेको शव बिहिबार बिहान प्युठानबाटै आफन्तको जिम्मा लगाइएको छ । भने बाँकी चारजनालाई बिहिबार दिउसोँ प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिई आफन्तको जिम्मा लगाइएको सुचना अधिकारी उद्धव पन्थीले बताए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्