जनादेश नेपाल-काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ भने ६,९५१ जना संक्रमण मुक्त भएका छन् ।