बर्दिबास मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढ्छ : गिरिराजमणि पोखरेल | Education Patra

बर्दिबास मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढ्छ : गिरिराजमणि पोखरेल


जनादेश नेपाल, काठमाडौँ । महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेलले मधेस प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने बताएका छन् ।

लामो समयदेखि विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षबाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन् । डीपीआरदेखि पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै बेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथि अहिले अन्तरिम आदेश जारी भएको छ ।

मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कानुनी व्यवधानलाई समाधान गरि छिटोभन्दा छिटो मेडिकल कलेजको काम अगाडि बढाइने विषयलाई पोखरेलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । पोखरेल स्वास्थ्यमन्त्री हुँदा २०७३ मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा बनाइने प्रस्ताव गरेका थिए । सोही विषयलाई सदनबाट पास गराएर बजेट वक्तव्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्