प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै | Education Patra

प्युठानका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा बन्द हुने अवस्थामा, विद्यार्थी भन्दा शिक्षक धेरै


प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय « Nagarik Khabar

जनादेश नेपाल संवाददाता, प्युठान । प्युठान जिल्लामा प्रविधिकधार तर्फको अध्ययन अध्यापन शुरु भएको धेरै वर्ष भएको छैन । कृषि, कम्प्युटर, सिभिल इन्जिनियरिड., कक्षा ९ देखि पढाई हुन्छ । एसर्ईई दिएका विद्यार्थीहरुले पनि उल्लेखित विषय पढीरहेका छन ।

दुई वर्षअघि कानुन विषयको पढाई सुरु गर्दा प्युठान खलंगास्थित महेन्द्र मावि यो विषय अध्यापन गराउने जिल्लाकै पहिलो विद्यालय बनेको थियो । तर अहिले विद्यालयमा यो विषयको पढाई हुँदैन । कारण हो, विद्यार्थी अभाव । कक्षा ११ र १२ मा कानुन विषयको पढाई थाले पनि नयाँ विद्यार्थी नआएपछि विद्यालयले पठनपाठन नै बन्द गर्नुपरेको हो।

२०७४ सालबाट कृषि बाली विज्ञानको पठनपाठन सुरु गरेको प्यूठान नगरपालिका ९ मरन्ठानास्थित बालबिद्या माविमा पनि यो वर्ष विद्यार्थी अभाव छ । ४० जनाको कोटा रहेको विद्यालयमा हालसम्म १० जना पनि बिद्यार्थी पनि भर्ना भएका छैनन् । पर्याप्त विद्यार्थी भर्ना नभएपछि अहिले विद्यालय उक्त विषयको पठनपाठन गर्ने वा नगर्ने अन्योलमा छ । कम विद्यार्थीमा कक्षा सञ्चालन गर्दा आर्थिक व्ययभार धेरै हुने र त्यसलाइ धान्न नसकिने विद्यालय प्रशासनको भनाइ छ ।

जिल्लाका अन्य सामुदायीक विद्यालयमा पनि प्राविधिकधार तर्फ पर्याप्त विद्यार्थी छैनन्, जसले गर्दा बल्लतल्ल सुरु गरेका विषयको पढाई नै रोक्नुपर्ने अवस्था छ । गाउँमा अवसर कम हुने भन्दै बिद्यार्थीहरु सहरकेन्द्रित हुँदा दुर्गमका विद्यालयले विद्यार्थी अभाव बेहोरिरहेका छन् ।

स्थनीय सरकारबाट समय समयमा अनुगन मुल्याड.कन र कारवाही जस्ता कुरा अगाडी नबढाउँदा र गरिएका अनुगमन र मुल्याड.कनका कुराहरु काजगमै सितिम भईदिदा यो अबस्था आएको स्थानीय एवं पूर्वशिक्षक मान्ध्वज गिरीले बताए । उनले भने, ‘कतिपय विद्यालयहरुमा विद्यार्थी भन्दा शिक्षक ज्यादा छन । त्यसता विद्यालयहरुलाई स्थानीय सरकारले ध्यानमा राखि मर्जको योजना बनाउँनु पर्दछ ।’

उनले भने, ‘प्राविधिक धार तर्फका विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षा संचालन गर्ने प्रयोगशाला र फिल्ड कार्यका लागि उचित योजना र कार्यक्रम नहुँदा विद्यार्थीहरु पढाई प्रतिको आर्कषण घटेको छ । यसको उत्थानका लागि स्थानीयवासी, स्थानीय सरकार, अभिभावक, विद्यार्थी र सरोकारवालको चासो र चिन्तनको आवश्यकता छ ।’

केही विद्यालयमा विद्यार्थी भन्दा शिक्षक, कर्मचारीको सख्या धेरै हुनाले राज्यले अनावश्यक लागानी हुनका साथै उपलब्धी सुन्य भएको सरोकारबाला बताउँछन् । यसतर्फ स्थानीय सरकार र जनप्रतिनीधिको चोसो छैन जसको कारण प्युठान जिल्लाको शैशिक गुणस्तर दिनहुँदिन कमजोर हुँदै गईरहेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्