निर्वाचन आयोगले सोध्यो प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका प्रमुखलाई स्पष्टीकरण | Education Patra

निर्वाचन आयोगले सोध्यो प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका प्रमुखलाई स्पष्टीकरण


जनादेश नेपाल, काठमाण्डौं । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो ।
आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्