लीला बहादुर के.सी. ।
स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टीमा सदस्यता नलिएका, समाजमा त्यती चर्चामा नआएका स्वतन्त्र व्यक्तीहरुले सबैभन्दा बढीमत ल्याएर विजयी भए पछि नेपालको राजनीतिमा एउटा नयाँ बहश सुरु भएको छ । नेपालको राजनीतिक क्षेत्रमा विशेष महत्व राख्ने राजधानी काठमाडौं, पूर्वांचलमा राजनीतिक क्षेत्रमा चर्चित् धरान, सुदुर पश्चिमान्चलको केन्द्र मानिने धनगढीका महानगर र उपमहानगरपालिकाहरुमा भएका निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले अप्रत्यासित रुपमा अत्यधिक मत प्राप्त गरेर विजयी भएका घटना प्रति चर्चा परिचर्चा चलिरहेको छ ।
स्वतन्त्र उमेदवारी दिनेमा दुई किसिमका व्यक्तीहरु पाइएको छ । पहिलोमा, कुनै पनि पार्टीमा आवद्ध नभएका, विद्यमान लोकतान्त्रिकगणतान्त्रिक व्यवस्था, संसदवादी पार्टीका नेता र तिनको चरित्र, व्यवहार र क्रियाकलापसँग असन्तुष्ट, यथास्थितीको विपक्षमा रहेका, राज्य व्यवस्थाको चरित्रमा केही परिवर्तन आवश्यक छ भन्ने सोच राख्नेहरु पर्दछन् । अर्का थरीमा, कुनै न कुनै संसदीय पार्टीमा लामोसमय देखि कृयाशील हुँदै आएका तर सार्वजनिक पदमा उमेदवारी दिन आफु योग्य हुँदा हुदै पनि पार्टी नेतृत्वले गरेको पक्षपातका कारणपार्टीको उमेदवारी नपाएकाहरु पर्दछन् ।
समाज र मानवशास्त्रको व्याख्या इतिहासका विभिन्न काल खन्डमा फरक फरक भएका छन्। दर्शनशास्त्रमा भौतिकवादको विकासकालागि इतिहासका अनेकौँ कालखण्डमा दार्शनिकले यथास्थितिवादीहरूका अनगिन्ती यन्त्रणाको सामना गरेका छन् । यस प्रक्रियामाभौतिकवादको विकासको पछिल्लो कडीका रूपमा लुडविग फायरबाखको योगदान र द्वन्द्ववादको विकासमा हेगेलको योगदानअसाधारण रहेको कुरा स्वयम् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले स्वीकार गर्नु भएको छ । अन्ततः फायरबाखको भौतिकवाद र हेगेलकोद्वन्द्ववादमा रहेको प्रत्ययवादी पक्षलाई हटाई मार्क्सवादले दर्शनशास्त्रका क्षेत्रमा एउटा महान् क्रान्तिका रूपमा भौतिकवादी द्वन्द्ववादकोवैज्ञानिक आधारशिलाको अविष्कार गर्यो । जसलाई विश्व पूजीवादले समेत विसौं सहश्राव्दिको उत्कृष्ट राजनैतिक सामाजिक दर्शनकोरुपमा स्वीकार गरेको कुरा जग जाहेर नै छ।
नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो शक्तिको रुपमा आयो। राज्य सत्ताकोबागडोरसमेत सम्हालिरहेको कम्युनिष्ट पार्टी र यसका नेता-कार्यकर्ताहरूको संघर्ष, त्याग तथा बलिदानीकै कारण मुलुक कम्युनिष्टमयबनेको कतै छिपेको छैन । कम्युनिष्ट आन्दोलन तथा पार्टी आजको ठाउँसम्म आइपुग्न नेता-कार्यकर्ताहरूले विगतमा देखाएकोसंघर्षप्रतिको इमान्दारिता, अनुशासन तथा सङ्गठन परिचालनकै महत्वपूर्ण भूमिका छ । कम्यूनिस्ट दर्शनका पक्षधर जनताहरुकोनेपालमा वहुमत हुंदा हुंदै पनि अहिलेको नेपाली सामाजिक राजनैतिक चिन्तनले कुन गोरेटो लिइरहेको छ?
इतिहास हेर्दा मार्क्सवादबाट प्रभावित भएका थुप्रै विचारकहरु मार्क्सवादका कडा विरोधी भएका देखिन्छन्। उत्तेजनात्मक विचारहरूद्वाराबौद्धिक क्षेत्रमा सशक्त प्रभाव जमाउन समर्थ बद्रीलर्ड उत्तरआधुनिकतालाई उजागर पार्ने सिद्धान्तकार मानिन्छन् । उनी मूलत: मिडियाका, सम्प्रेषणका सिद्धान्तकार हुन् । सुरुमा उनी माक्र्सवादबाट प्रभावित थिए । माक्र्सवादमा तिनले दुई कुरा जोडे– उपभोगवाद र चिह्नवाद ।माक्र्सवादको जोड उत्पादनमा थियो । तिनले उत्पादनको ठाउँ उपभोगलाई दिए । पुँजीवादी समाजको विश्लेषणमा नवमाक्र्सवादीआयाम जोड्दै आखिर तिनी माक्र्सवादकै कडा विरोधी हुन पुगे । ल्योटार्ड पनि कुनै बेला माक्र्सवादी राजनीति गर्थे । माक्र्सवादकोपुनव्र्याख्या गर्ने नाममा यिनी अन्तत: माक्र्सवादकै विरोधी हुन पुगे । पुरातात्त्विक, आनुवंशिक र नैतिक चरणमा मिसेल फुकोले अध्ययनर चिन्तनका अनेकौं व्याख्यानहरू प्रस्तुत गरे । सार्वभौमसत्ता, सर्वकारिकता, अनुशासन, नैतिकता, ऐतिहासिकता आदि अनेकौं विषयमाफुकोको सिद्धान्तीकरण मौलिक मानिएको छ । उनी बुद्धिवाद, माक्र्सवाद, आभासवाद, अस्तित्ववाद आदिको छहारीमा हुर्के तर तिनलाईयथावत् पछ्याउने काम गरेनन् । उनी संरचनावाद, उत्तरसंरचनावाद हुँदै इतिहासतिर लागे । संरचनावाद व्यक्तिगत विशेषता खोज्नेतिरत्यति लाग्दैन जति सार्वभौम नियमतिर । संरचनावादमा सिद्धान्त प्राथमिक हुन्छ, यसमा व्यक्तिको, व्यक्तिगत चेतनाको, व्यक्तिगतकर्तृत्वको मृत्युहुन्छ । संरचनात्मक माक्र्सवादीहरू आइडोलोजीले व्यक्तिको रचना गर्छ भन्ने मान्छन्, संस्कृतिवादीहरू संस्कृतिअनुसारव्यक्ति बन्ने विचार अघि सार्दछन् । मार्क्सका भूत’ कृति लेखेर डेरिडाले मार्क्सवाद स्पष्ट, सुसंगठित सिद्धान्तका रूपमा नरहेको भनीआफ्नो परिचय दिए। डेरिडाद्वारा प्रतिपादित अवधारणा डिकन्स्ट्रक्सन हो– जसलाई नेपालीमा विनिर्माण, विसंघटन, विघटनजस्तापदहरूमा रूपान्तरित गर्ने चलन छ ।
डिकन्स्ट्रक्सनले अथवा उत्तरसंरचनावादले संरचनावादलाई आंशिक तबरले विस्थापित ग-यो, जसकारण संरचनावादको आलोचनाकासाथ उदाएका सिद्धान्तहरू उत्तर प्रवृत्तिमा स्थापित भएका छन् । यता, उत्तरआधुनिकतावाद आधुनिकतावादको आलोचना गर्दै उपस्थितभयो जसअन्तर्गत अहिले डिकन्स्ट्रक्सन एवं उत्तरसंरचनावादहरू पनि राखिन्छन् । टिभी, इन्टरनेट तथा मोबाइलहरूका भाषा, भाषण, कुराकानी तथा छवि र विम्बहरूको आक्रमणले हाम्रो जीवनशैली बदलिदिएको छ । अशिक्षित मान्छे पनि मोबाइल लिएर हिँड्छ, फेसबुकहेर्छ, टिभी चलाउँछ । सूचना उद्योगको असाधारण प्रभावले हामी उत्तर प्रवृत्तिमा घुम्न थाल्यौँ । केही प्राचीन, केही आधुनिक, केहीउत्तरआधुनिक लक्षणहरूको संयोगले हाम्रो यताका कैयौँ मान्छे, तिनका घरव्यवहार एवं विचारहरू झिल्के भएका छन् ।उत्तरआधुनिकताको प्रमुख लक्षण झिल्के प्रवृत्ति हो जसमा विभिन्न प्रवृत्ति, शैली र स्वभावको मिसावट रहन्छ ।
संरचनावाद आउनुभन्दा पहिला अस्तित्ववाद–विसंगतिवादले पश्चिमी चिन्तनमा भीषण भूकम्प ल्याएको थियो । अस्तित्ववादलेव्यक्तिको अस्तित्वमा जोड दिएको थियो । विसंगतिवादले जीवनमा, विश्वमा बौद्धिक संगति छैन भन्ने मान्यता तेस्र्याउँछ । अस्तित्ववादले स्वतन्त्रतामा जोड दिन्छ । विसंगतिवादले व्यर्थतामा । त्यसै गरी उत्तर आधुनिकतावादका प्रणेता मानिने नित्सेले ईश्वरको मृत्युको घोषणागर्दा यिनको अतिमानववाद नाजीवादको प्रेरक बनेको मान्नेहरू पनि छन् ।
पश्चिममा नयाँ–नयाँ चिन्तनका छालहरू उठिरहेका छन् र पहिलेका विचारहरूबाट अघाएका पाठकलाई घचघच्याइरहेका छन् । पछि, गएर केही विरोधी सिद्धान्तहरू नजिकिन्छन् र केही टाढिन्छन्, केही अस्ताउँछन् । द्वितीय विश्वयुद्धपछि खास गरी सन् १९६० का वर्षकावरपर फ्रान्समा संरचनावादको भीषण आँधी उठ्यो जसले पूर्व र पश्चिम दुवैलाई लपेट्यो ।
नेपाली राजनीतिमा अहिले झिल्के प्रवृति हावी हुंदैछ। यो प्रवृति त्यहि विनिर्माणवादसंग संवन्धित छ जस्ले पुरानो अस्तित्व स्वीकार गर्दैनर नयां संगठित सिद्धान्त पनि निर्माण गर्दैन। यसले कुनै नीति नियम मान्दैन र आफ्नो अनुकूल नीति नियमको व्याख्या गर्छ। कन्स्ट्रक्सनमा’डि’ पूर्वसर्ग लागेर बनेको डिकन्स्ट्रक्सन निर्माणलाई, कन्स्ट्रक्सनलाई ध्वस्त पार्छ । भनिन्छ, डिकन्स्ट्रक्सन न सिद्धान्त हो न विचार हो न तपद्धति नै, यो त खुला छ र विज्ञहरू प्रभावकारी किसिमसित यसको उपयोग गर्न सक्छन् । यो बहुल छ र बहुलार्थमा छरिन रुचाउँछ ।त्यसैले होला अहिलेको निर्वाचनमा उठेका स्वतन्त्र उमेदवारहरुको मुख्य नारा नो नट अगेन, तपाईं मत बदल्नु होस, हामी देश बदल्छौं, वृद्धहजूर वुवाहरु आराम गर्नु होस, चालीस वर्ष मुनीका युवाहरुलाई मत दिनु होस, विकास निर्माणको काम गर्न सिद्धांत होइन भिजन चाहिन्छआदि आदि। यी नाराहरु गुन्जिनुका पछाडी दुईवटा कुराहरुले काम गरेको हुनुपर्छ ।
१.व्यवस्था परिवर्तन गरें पनि राजनीतिले जनताको अवस्था परिवर्तन गर्न सकेन। लामो समय जनताले पर्खिए, राणा भन्दा राजालाईप्रगतिशिल देखे। निरंकुश राजतन्त्र भन्दा बहुदलीय संबैधानिक राजतन्त्रलाई प्रगतिशिल देखे। संवैधानिक राजतंत्र भन्दा गणतन्त्रलाई प्रगतिशिल देखे। सामन्तवादी शासन भन्दा पूँजीवादी शासनलाई प्रगतिशिल देखे। पूँजीवादी शासन भन्दा नाम मात्रकों भए पनिबामपन्थीहरुवाट चलाइने सरकारले जनताका कम से कम आधारभूत समस्याको समाधान गर्ला भनी आशा राखे राख्नु स्वाभाविक नै थियो। तर जनताका आशाहरु निराशामा परिणत भएकोले जनताहरु आत्तिए। यी व्यवस्थाहरु बाजे छोरा र नातीले देखे। एउटै सगोलपरिवारका बाजे र छोराको पिंढिले आफ्नो अनुभवको ज्ञान नाती पुस्तालाई हस्तान्त्रण गरे। नाती पुस्ताले पढ्यो, आफ्नो देशमा अवसरपाएन। बाउ बाजेको अनुभव सम्झ्यो, समाजमा महंगी, अन्याय अत्याचार देख्यो, शासक बर्गले गरेको राष्ट्रघात देख्यो, पार्टीहरु देश रजनता प्रति उत्तरदायी होइन आफू र आफ्नो परिवार प्रति उत्तरदायी भएको देख्यो । मेडीयाको युगमा विश्वका अन्य देशमा भएका चमत्कारिक विकासका घटनाहरु हेर्यो। विदेश गएका आफ्ना साथीहरुसंग विकसित देशका सरकारको ज़िम्मेवारीपन र सुविधा बारे सुन्यो, युवाहरुले गाउंहरु छोडेकोले गाउं रित्तिएको देख्यो, गाउंमा वृद्ध वृद्धाहरुको पिडा देख्यो। एकातिर अन्तर्राष्ट्रीय विमानस्थलमादैनिक १५००-२००० जना युवाहरु विदेश जान लागेको लर्को देख्यो, अर्को तर्फ दैनिक रुपमा सरदर ३ जना विदेशिएका युवाहरुको त्यहिअन्तर्राष्ट्रीय विमानस्थलमा आएको लासदेखी उनीहरुको परिवार तथा आफन्तहरुको रोदनको कोलाहल देख्यो। नेताहरुका भाषणसुन्यो, फेरी पनि युवाहरुलाई विदेशमा पठाई रेमिट्यान्सको आधारमा देश बांच्ने सुन्यो। उसले कता कता राजतन्त्रवादको गन्धराजनीतिमा आएको देख्यो। विगत संझ्यो, राष्ट्रीयताकोलागि लडेका नेपाली बीर वीरंगनाले देशको रक्षाको लागि के के गरेका थिए? फेरी प्रजातन्त्र स्थापनाकालागि आफ्नो ज्यान दिएका हजारौं हजार सहिदहरुलाई संझ्यो, सहिदहरुका परिवारको विगत, वर्तमान रभविष्य संझ्यो। आफ्नो घर अघाडीको बाटो देख्यो र अन्य भौतिक पूर्वाधारको अवस्था देख्यो। अदालतमा सर्वसाधारण व्यक्तियोंन्यायको याचना गर्दा न्याय नपाएको तथा न्याय खरिद भएको देख्यो। नेतृत्वमा जनता नभई धन र डनको हालीमुहाली देख्यो। सरकारबनाउन पार्टीहरुले गरेको तछाड मछाड देख्यो, सिद्धांतमा संझौता देख्यो। यस्तै यस्तै अनेक विकृति देख्यो। समाज परिवर्तनको शास्वतनियम प्रति विश्वास गरेन। आफूले समर्थन गरेको पार्टीभित्रको लोकतन्त्रमा कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरु सधैंअवसरबाट वञ्चित भएको देख्यो र यही कारण मुलुक स्वार्थ र भ्रष्टचारको जालोमा फसेको देख्यो । रीस उठ्यो स्वतन्त्र उमेदवार भैमनोनयन दर्ता गर्यो। यसरी स्वतन्त्र भै उमेदवार हुनेमा डाक्टर, ईन्जिनीयर, सेवा निवृत उपल्लो तहका कर्मचारीहरु छन्।यस्ता स्वतन्त्रपात्रबाट नेपाली संरचनावादी राजनेता भन्नेले के सिक्ने?
२.व्यापक मात्रमा स्वतन्त्रहरु उठ्ने अर्को कारण दोश्रो विश्व युद्ध पछी पश्चिमा पूँजीवादी देशमा फैलिएका विभिन्न सिद्धान्तहरुको प्रभावनेपाली युवाहरुमा परेको हुन सक्छ। चाहे संरचनावाद होस्, उत्तर आधुनिकतावाद, विनिर्माण वाद होस् वा उत्तर संरचनावाद; यी सबैकोश्रोत पश्चिमा दर्शन नै हो। समाजवादी समाजका निश्चित मूल्य, मान्यता र नियम हुन्छन् यस्को तुलनामा पूँजीवादी समाजले व्यक्तिस्वतन्त्रताको नाममा समाजलाई छाडावाद तर्फ दौडाउंछ। नेपाली राजनीतिमा गएको स्थानीय तहको निर्वाचन पछी यहि पश्चिमीपूँजीवादी दर्शन भित्रका माथीका सिद्धांतहरुले प्रभाव पारेको हुन सक्छ। विनिर्माणवादले बहुत्ववादी प्रवृत्ति र एकत्वको विरोध तथासबैलाई समान मूल्य प्रदान, परम्परालाई सुधार्ने दृष्टिकोण तथा प्राचीन मूल्यलाई भत्काउने मान्यता राख्नुका साथै प्रयोगको नवीनतातथा लेखनमा स्वतन्त्रताको अनिवार्यता भन्ने गर्छ।यसले तथ्य, कल्पना र स्वैरकल्पनाको मिश्रणबाट नयाँ वास्तविकताको उद्घाटन गर्दैनवीन लोकको सृष्टि गर्ने कुरा गर्छ। यस्को अतिरिक्त यस्ले निम्न संस्कृति र पर्दापछिको लाई अघि ल्याएर प्रश्रय नपाएकालाई प्रश्रयदिने कुरा गर्दछ।नेपालको सन्दर्भमा यो वाद हावी हुंदै जांदा भोलीको समाजको कल्पना राजनैतिक नेताहरु, दर्शनशास्त्री तथा मानवशास्त्रका हस्तीहरुलाई छाडौं। हामी यती मात्र भन्न सक्छौं कि यी दर्शनहरुल् समकालीन समाजमा नौवाँ चिन्तन त छाडेका छन् तर समाधान पहिल्याउन सकेको देखिंदैन बरु समाज छाडावाद तर्फ गएको अनुभूति हुन्छ।
छाडावाद तर्फ दौडाउंदा दौडाउंदै नेपाली कलाकारिताको क्षेत्र, पत्रकारिताको क्षेत्र र राजनैतिक क्षेत्र समेत संरचनावाद, उत्तरआधुनिकतावाद र विनिर्माणवाद हुंदै भेलुवाद तर्फ गइरहेको देख्दा अचम्म लाग्छ। भेलुवादले हाम्रा नेपाली समाजको संस्कृति मूल्यमान्यतालाई धरापमा पारेको छ। सबैको हातमा मोवाइल छ, कोठामा तपाईंको साथमा छोरी पनि छन् भने यूट्यूब र फेसवुक नखोल्न म सबैलाई निवेदन गर्दछु। त्यसैले भेलुवादको खुलेयाम जन्म प्युठानको जुम्रीकांढाबाट भएको हो। मीन बहादुर बुढ़ाके नामले भन्दा उनी भेलुबाजेको नामले चिनिन्छन्।राजनीतिमा भेलुवादका नेपाली प्रवर्तक खड्क प्रसाद ओली हुन्। उनी अत्यन्त चलाक, प्रखर वक्ता र व्यंगकारपनि हुन्।नेपाली राजनीतिमा विरोधी समूहको विरुद्ध ठूलो जनसमूहको वीचमा भाषण गर्दा कहिलेकाहिं उनले नेपाली संस्कृतिको मूल्यविर्सन्छन्। माओवादीले जनयुद्ध गर्दाको समय हो, उनले काठमांडूमा भाषण गर्दा माओवादीलाई लंगौटी नलगाएको असनको सांढे भनेकाथिए, कसैलाई वनमारा झार, कसैलाई गुंदले टांसेको बस्तु भन्दै भाषण गर्दै हिड्ने यीनले कसैको परिवार माथी व्यक्तिगत हमला गर्ने, लैंगिकताको ख़्याल नगरी भाषण गर्ने गर्दछन्। उनले केही दिन अघिमात्र एउटा भाषणमा प्रधानमन्त्री जस्तो सम्मानाीय पदमा रहेका शेरबहादुर देउवालाई बेल्न नसक्ने मान्छे र हाडी घोप्टे जस्ता अत्यन्त तुच्छ शब्द प्रयोग गरेका गरे । त्यहिवादको स्कूलींगबाट हुर्किएका नेकपा समाजवादीका डोटीबाट उठेका नेताले पनि भेलुवाद की सिद्धान्तको अनुसरण गरेका छन्। उनी पनि राजनैतिक भन्दा भेलुवाद सिद्धान्तलाई असाध्यै मन पकाउंछन। अर्का वरिष्ठपत्रकार भन्न रुचाउने राजनैतिक भेलुवादका कट्टर अनुयायी प्युठानमा देखिन्छन्। भेलुले उनलाई प्रभावमा पारे कि उनले दुई हज़ार दिएर भेलुलाई प्रभावमा पारे त्यो थाहा भएन उनी र भेलु निकै नजीक देखिन्छन्। राजनैतिक भेलुवादका अर्का अनुयायी गुल्मीमा पनि देखिए।उनले राम कुमारी झांक्रिलाई फगत पुर्कोट म्याल पोखरीकी गरिव मगरकी छोरी मात्र देखे। उनले भने राम कुमारस्वामी राजनीति गर्नेहोइन, पोइको घर गर्ने हो। हामी गुल्मेलीले उनलाई २/४ बोत्तल रक्सी, बटुक रोटी र एउटा भाले दिई सोलीमा राखेर घर पठाउने हो। यो भन्दा भेलुवादका अनुयायीहरुले पटटट ताली बजाएको सुनियो। नेपाली राजनीतिको असंगत पक्ष यस्तो पनि देखिने रहेछ कि नेपालकोप्रजातांत्रिक आन्दोलनमा उनको योगदान यती छिटै डिलीट!