यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई | Education Patra

यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई


जनादेश नेपाल, काठमाण्डौं।  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ ।

किन झन्-झन् अलोकप्रिय बन्दै छन् डा. बाबुराम भट्टराई? – देशसञ्चार

मतदाताको मनोविज्ञानलाई राजनीतिक दलले पनि स्वीकार गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूको यथास्थितिविरुद्ध मतदाताले असन्तुष्टि व्यक्त गरेको बताएका छन् । ‘यथास्थितिविरुद्ध असन्तुष्टि र आक्रोश राम्रो कुरा हो,’ भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसले नै नयाँ विकल्पको खोजीलाई अभिप्रेरित गर्छ । तर नेतृत्वले असन्तुष्टिलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुन सक्छ, कराइबाट उम्केर भुंग्रोमा नफसौं ।’

तर नेतृत्वले असन्तुष्टिलाई सुविचारित अग्रगामी दिशा दिन सकेन भने स्वस्फूर्त आक्रोश दक्षिणपन्थी वा उग्रवामपन्थी पपुलिज्म वा अराजकतावादमा परिणत हुन सक्छ, कराइबाट उम्केर भुंग्रोमा नफसौं ।’

स्थानीय निर्वाचनमा धरान, काठमाडौं र धनगढीबाट अभिव्यक्त भएजस्तै मत यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त हुने सम्भावना देखिएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्ने आकलन गरिएको छ ।

मूलधारका दल र नेताबाट असन्तुष्ट मतदाताले यसपालि स्वतन्त्र पार्टीलाई मतदान गरेको विश्लेषण भइरहेको छ । यद्यपि मतगणनाको प्रारम्भिक रुझान पनि आउन बाँकी छ । तर, मतदान गरेर फर्किएका मतदाताले दिएको प्रतिक्रियाका आधारमा स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ ।

गत ७ असारमा घोषणा गरिएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा एक सय ४० र समानुपातिकमा सबै एक सय १० उम्मेदवार उठाएको छ । तर, प्रदेशसभा निर्वाचनमा भने यो दलले भाग लिएको छैन ।

आइतबार भएको निर्वाचनमा दलका सभापति लामिछानेले नै प्रदेशसभातर्फको मतपत्र प्रयोग नै गरेनन् । ‘प्रादेशिक प्रणालीमा समस्या छ, त्यसमा सुधार भएपछि मात्र मतदान गर्छु,’ उनको प्रतिक्रिया थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्