हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने | Education Patra

हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न : रवि लामिछाने


जनादेश नेपाल, काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्।

मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए ।  चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिक्रिया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

उनले भने, ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ । समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे ।

चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरु हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्