सर्वोच्च अदालत: जीएमआरको निवेदनमा विपक्षीलाई सूचना | Education Patra

सर्वोच्च अदालत: जीएमआरको निवेदनमा विपक्षीलाई सूचना


जनादेश नेपाल, काठमाण्डौं। सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्था भारतीय कम्पनी जीएमआरलाई दिने अन्तरिम आदेशविरुद्धको निवेदनमा विपक्षीलाई सूचना दिन आदेश गरेको छ । अन्तरिम आदेश खारेजीको माग गर्दै जीएमआरका तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै अदालतले सूचना दिने आदेश गरेको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले सूचना दिने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यसअघि न्यायाधीश खतिवडाकै इजलासले कात्तिक १७ गते अन्तरिम आदेश जारी गरेको थियो ।

अब दुवै पक्षबीचको उपस्थितिमा अन्तरिम आदेश निरन्तर हुने वा नहुनेबारे छलफल हुनेछ । अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएमा म्याद थपसम्बन्धी निर्णय कार्यान्वयन रोकिनेछ । आदेश खारेज भएमा म्याद थपको निर्णय कार्यान्वयन हुनेछ ।

नेपाल सरकार, लगानी बोर्ड र जीएमआरबीच २०७१ असोज ३ गते दुई वर्षमा काम सम्पन्न गर्नेगरी परियोजना विकास सम्झौता भएको थियो । सम्झौताभित्र काम सम्पन्न नभएपछि २०७३ पुस २४ मा पुनः एक वर्षको म्याद थप भएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्