राप्ती इञ्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरु | Education Patra

राप्ती इञ्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरु


जनादेश नेपाल, दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङका विई सिभिल र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको खेल सप्ताह २०७९ उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्ती ईन्जिनियरिङ कलेज प्रा.लि.का अध्यक्ष डा. शैलेन्द्र गिरीले खेलले व्यक्तिको शारिरीक तथा मानसीक विकासमा टेवा पुर्‍याउने भएकोले विभिन्न किसिमका खेलहरुलाई निरन्तरता दिन आग्रह गर्नु भयो। खेलकुदले विभिन्न किसिमका रोगहरुसंग लड्न सक्ने क्षमता बढाउने, स्वस्थ हृदय बनाउने, कम तनाव र चिन्ता, सामाजिक सम्बन्धहरूमा विस्तार, शरीरको सन्तुलन कायम गर्ने, अनुशासीत हुन सिकाउनुका साथै सामाजिक सम्बन्ध विस्तार गर्ने कार्यहरुमा समेतसहयोग गर्ने कुरा बताउनु भएको छ।

राप्ती इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिन्छ । यस कलेजले पोखरा विश्वविद्यालयबाट विई सिभिल  र िबसिए कार्यक्रम तर्फ गोल्ड मेडल जित्न सफल भएको छ । हालैमात्र यस कलेजले नेपाल शिक्षा पुरस्कार २०२२ दुबईमा प्राप्त गरेको थियो । यस कलेजबाट उत्पादित ८० प्रतिशत भन्दा बढी शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल भएको कुरा कलेजका प्रिन्सिपल रेशम गिरीले जनादेशलाई बताउँनु भएको छ ।

कलेजका डाईरेक्टर मधुसुदन बैद्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी चुडामणि डाँगीले गरेका थिए । सात दिन सम्म चल्ने खेलको पहिलो दिन व्याड मिन्टन, बास्केट बल, चेस, टि. टि. खेलहरु भएको थियो ।

No description available.

 

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्