मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी | Education Patra

मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी


जनादेश नेपाल, काठमाण्डौं । मावि तह तृत्तीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरुको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि सोमबार अपरान्ह ४ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो । ११ जनाको नामावली सहित सूचना जारी गरेपछि ८ जनाले निवेदन दिएका निर्देशनालयले जनाएको छ । बाँकीले अहिलेसम्म पनि निवेदन नदिएकाले उनीहरुलाई बाँकी रहेको क्षेत्रमा पठाउने तयारी गरेको निर्देशनालयले जनाएको छ ।

निर्देशक अम्बिका प्रसाद आचार्यले भने ‘अझै पनि तीन चार जनाको निवेदन निवेदन आएको छैन । उहाँहरुलाई अब बाँकी रहेको क्षेत्रका विद्यालयमा पठाउँछौं ।’

मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी रहेकोले अधिकांश सिफारिस भएका शिक्षकलाई मंगलबारदेखि विद्यालयमा उपस्थिति हुने गरी पठाउने उनले बताए । बाँकी रहेका शिक्षकलाई बुधबारदेखि विद्यालयमा उपस्थित हुने गरी पठाउने बताए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्