मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने | Education Patra

मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा मिति २०७९ मङ्सिर १० गते बसेको बैठकद्वारा महिला हिंसा विरुद्धको अभियान (Orange the World) संचालन गर्नका लागि सामाजिक सचेतना कार्यक्रम (Social Awareness Program); महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन (Women Violence Defence Skills Demonstration) र लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र (MU Activism Center Against Gender Based Violence) स्थापना गर्ने गरी तीन वटा महत्वपूर्ण निर्णयहरु भएको जानकारी उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा. पन्चदेव भट्टले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रमहरु संचालन गर्नका लागि मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप-प्राध्यापक कल्पना पौडेलज्यूको संयोजकत्वमा एक समिति रहनेछ भने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यूको संरक्षत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्षज्यू, रजिष्ट्रारज्यू, विश्वविद्यालय सेवा आयोगका सदस्यज्यू, डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुखज्यू, प्राचार्यज्यू, विभागीय प्रमुख/संयोजकज्यूहरु, निर्देशकज्यूहरु तथा क्याम्पस प्रमुखज्यूहरु सल्लाहकारको भूमिकामा रहने निर्णय गरिएको छ ।

यस अभियानको प्रमुख उदेश्य समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस/स्कुलहरुमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने रहेको छ । साथै मध्यपश्चिम विश्वविद्यालयको यो अभियान नेपाल सरकार तथा संयुक्त राष्ट्र संघलाई समेत लैंगिक हिंसा न्यूनीकरणका राष्ट्रिय एवं अन्तरराष्ट्रिय कार्य र नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ् अगाडी बढेको छ ।

वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्षज्यू, रजिष्ट्रारज्यू, डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, केन्द्रीय विभाग प्रमुखज्यूहरु, निर्देशकज्यूहरु, प्राध्यापकज्यूहरु, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्