लोकसेवाका 'वेटिङ लिस्ट'मा रहेका इन्जिनियरलाई भर्ना गर्दै काठमाडौं महानगर | Education Patra

लोकसेवाका ‘वेटिङ लिस्ट’मा रहेका इन्जिनियरलाई भर्ना गर्दै काठमाडौं महानगर


जनादेश नेपाल, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा करारमा इन्जिनियर भर्ना गर्ने तयारी थालेको छ । पूर्वाधारसम्बन्धी कामका लागि करारमा इन्जिनियर राख्‍नुपर्ने भएकाले महानगरले लोकसेवा आयोगले चालू आर्थिक वर्षमा लिएका परीक्षामा अस्थायी तथा वैकल्पिक योग्ताक्रममा रहेका सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल र स्ट्रक्चर इन्जिनियरहरूलाई करारमा भर्ना लिन लागेको हो ।

मेयर बालेन्द्र शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार लोकसेवा आयोगले लिएका परीक्षाहरूमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा रहेका इन्जिनियर उम्मेदवारहरुलाई करारमा भर्ना लिन लागेको बताए ।

वैकल्पिक सूचीमा रहेकाहरुले ७ दिनभित्र निवेदन, प्रवेश-पत्रको प्रतिलिपिसहित स्‍नातक पास गरेको प्रमाणपत्र लिएर महानगरको प्रशासन विभागमा सम्पर्क गर्न भनेको छ ।

लम्सालका अनुसार महानगरको बजेटको आकार ठूलो हुँदा पूर्वाधारसम्बन्धीको काममा प्राविधिक जनशक्तिको अभाव भएपछि ३२ वटै वडामा इन्जिनियरहरू राख्‍न लागिएको बताए । ‘पूर्वाधारको प्रगति विवरण हेर्दा २० देखि २५ प्रतिशत मात्रै छ । त्यो समस्यालाई सम्बोधन गर्नका लागि हामीले नयाँ कर्मचारी करारमा भर्ना गर्न लागेका हौं,’ उनले भने ।

लम्सालले करारमा कर्मचारी राख्नुपर्दा लोकसेवा आयोगले लिएका परीक्षामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई वरियताक्रम अनुसार प्राथिमकतामा राखेर नियुक्ति गरिने बताए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्