इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने | Education Patra

इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने


जनादेश नेपाल, काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने भएको छ।

blog

यस सम्बन्धमा शनिबार उक्त कलेज, लण्डन मेट्रोपोलिटान विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच सम्भौता भएको हो। जस अनुसार लण्डन मेट्रोपोलिटान विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम इस्लिङटन कलेजको व्यवस्थपनमा म्यानम्यार र थाइल्याण्डको शैक्षिक संस्थामा अध्यापन हुनेछ।

विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ। आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिनुभयो। कक्षा आगामी फेबु्रअरी सेसनबाट सञ्चालन हुनेछ।

इस्लिङट्न कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी लगायत सम्पूर्ण व्यवस्थापकीय भूमिका निर्वाह कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताउनुभयो।

माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्ट पनि सोहि प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक डा.बेन्सन सुङले जानकारी दिनुभयो।

पहिलो चरणमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन हुनेछ। कक्षा आगामी फेब्रुअरीबाट सञ्चालन हुनेछ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्