छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान | Education Patra

छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान


फिदिम। जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।

blog

फिदिम नगरपालिका –१ मा सिदिन डेरी सञ्चालन गर्दै आउनुभएका गोपाल रिजालले आफ्ना ९ बर्षीय छोरा दिपजल रिजालको जन्मदिनको अवसर पार्दै जिल्लाको फालेलुङ गाँपालिका –७ को थोकपन आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर र स्टेशनरी वितरण गर्नुभएको हो ।

रिजालले सोमबार बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गर्नुभयो । कपडा वितरण कार्यक्रमको संयोजन जनसेवा समाज नामक सामाजिक संस्थाले गरेको थियो ।

कार्यक्रममा फालेलुङ –७ का वडाध्यक्ष टेकबहादुर केरुङ, सिद्वदेवी माविका प्रधानाध्यापक सुरेन्द्र केरुङ, पूर्व प्रधानाध्यापकहरु टेकनाथ रिजाल र ओमनाथ रिजाल, पूर्व वडाध्यक्ष शेरवहादुर केरुङ र जनसेवा समाजका अध्यक्ष राजेन्द अधिकारीले सहयोगकर्ता रिजाललाई धन्यवाद ज्ञापन गर्नुुभयो । रिजाल सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्