विश्वविद्यालय र मिडिया समावेशी बनाउन जोड | Education Patra

विश्वविद्यालय र मिडिया समावेशी बनाउन जोड


काठमाण्डौं । विश्व विद्यालयहरुका पाठ्यक्रमदेखि भौतिक संरचनामा दलित समुदायलाई समेट्नु पर्नेमा अधिकारकर्मीले जोड दिएका छन् । काठमाडौंमा आइतबार जागरण मिडिया सेन्टरले ‘विश्व विद्यालयहरुको पत्रकारिता शिक्षामा समावेशिता’ अन्तक्रियामा वक्ताहरुले उक्त विषयमा धारणा राखेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख चिरन्जीवी खनालले पाठ्यक्रम समावेशी बनाउने विषयमा संवेदशील रहेको बताए । उनले कतिपय शैक्षिक संस्थाले आफ्ना पाठ्यक्रममा समावेशिता झल्किने विषय समेट्दै आएको सुनाए । ‘टियूले पनि समावेशी अभ्यास सुरु गर्ने प्रक्रियामा छ,’ उनले भने,‘जसमा संरचनागत समावेशी र पाठ्यक्रम दुवै पर्छ ।’ खासगरी विद्यार्थीले लेख्ने शोधपत्रमा पनि दलित समुदायका विषय उठान गर्न विशेष जोड दिइँदै आएको उनले सुनाए ।

प्रा डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा अन्तर्राष्ट्रियरुपमा ‘इन्टर कल्चर जर्नालीजम’ पढाउने गरिएको बताए । उनले भने, ‘नेपाली पत्रकारिताले पनि केही भाग अध्ययनको विषय बनाएको छ । यद्यपि त्यो नै पूर्ण भने होइन ।’

विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले पत्रकारिता क्षेत्रमात्र होइन, मिडिया र लेखरचना सबै अभिलेख राख्ने थलोमा दलित समुदायले दिएका योगदानको अभिलेखिकरण हुनुपर्ने बताए । अधिकाकर्मी टिआर विश्वकर्मालगायतका नाम उल्लेख गर्दै उनले दलित समुदायको व्यक्तित्व पनि पाठ्क्रममा हुन जरुरी रहेको बताए ।

अनुसन्धानकर्ता जेवी विश्वकर्माले भने, ‘नेपाली पत्रकारिताको इतिहास हेर्दा दलित समुदायको कटवाल संस्कृति पुरानो मानिन्छ । जसले आमसंचारमाध्यममा ठूलो महत्व राखेको छ । यस्ता संस्कृति र सभ्यताको पाठ्यक्रममा समोवश हुन सकेको छैन ।’

‘इतिहासमा दलित समुदायको योगदान छ तर, अभिलेखमा चुकिएको छ,’ उनले भने,‘अब अनुसन्धान गरेर मूर्तरुप दिनु आवश्यक छ ।’

जागरण मिडिया सेन्टरका महासचिव भीम घिमिरेले मिडियामा समेत भौतिक र विषयगत समावेशी अनिवार्य रहेको बताए । कान्तिपुरबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्