सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै | Education Patra

सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै


जनादेश नेपाल संवाददाता । सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै छन् । दाङ जिल्लाका घोराहीमा अवस्थित सामाुदायीक विद्यालयमा विद्यार्थीको चाप निकै घटेको पाइएको छ ।

स्रोत व्यवस्थापन गर्न नसक्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन थालेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने यस्ता विद्यालयमा ३२ प्रतिशत शिक्षक खाली छन् । एकातिर आर्थिक अभाव अर्कोतिर कम विद्यार्थीका कारण विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा गुणस्तरमा समेत प्रभाव परेको एक अध्ययनले देखाएको छ ।

प्युठानको क्षेत्र विकास माध्यमिक विद्यालयमा ५ वर्षदेखि बाली विज्ञान विषयको पढाइ हुन्छ । नियमित विद्यालय आउने १० विद्यार्थीका लागि पूर्णकालीन ४ शिक्षक छन् । विगतमा तीन वर्षे कार्यक्रमका लागि १४ जना शिक्षक थिए । तर आर्थिक अभाव हुँदा विद्यालयले शिक्षक कटौती गरेको छ । प्युठानकै बाल विद्या माविमा पनि आवश्यकताअनुसार प्राविधिक विषय पढाउने शिक्षक छैनन् ।

प्युठानमा मात्र होइन सीटीईभीटीअन्तर्गतका ६ सय ९१ वटै सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ । कृषिअन्तर्गत बाली विज्ञान, पशु विज्ञान र इन्जिनियरिङमा सिभिल, इलेक्ट्रिकल, कम्युटरलगायत विषयको पठनपाठन हुने भए पनि विद्यार्थी र आर्थिक अभावकै कारण विद्यालयले आवश्यकताअनुसार शिक्षकको व्यवस्था गर्न सकेका छैनन् ।

सीटीईभीटीका अनुसार प्राविधिक शिक्षामा इन्जिनियरिङ, कृषि र कम्प्युटर विषयमा नियमिततर्फ ३५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । अझ आंगिक शिक्षालयमा त ३० प्रतिशतको हाराहारीमा मात्र पास हुन्छन् । धेरै विद्यालयमा प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला नै नभएको सीटीईभीटीले जनाएको छ । शिक्षक अभाव र अर्कोतिर व्यवस्थापकीय कमजोरीका कारण सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको गुणस्तर कमजोर देखिएको अध्ययन कार्यदलको निष्कर्ष छ ।

सरकारले हरेक स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य लिएको छ । त्यो लक्ष्य हासिल गर्ने हो भने शिक्षकको व्यवस्था र लगानी वृद्धिको विकल्प देखिँदैन ।

प्राइभेटतर्फ संचालिक कलेजहरु पनि बन्द भएका छन् । घोराहीमा अवस्थित जलजला क्याम्स, मदन भण्डारी मेमोरिएल कलेजले भर्ना बन्द गरेका छन् । त्यस्तै जिल्लाका अन्य कलेजहरुको अवस्था पनि नाजुक छ । समयमा परिक्षा नहुने र नजिजा प्रकाशनमा वर्षै कुर्नुपर्ने हुनाले पनि विद्यार्थीको आर्कष घटन पुगेको सरोकारबालाहरु बताउँछन् ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्