शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लील भिडियो देखाएपछि… | Education Patra

शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लील भिडियो देखाएपछि…


जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लील भिडियो देखाएको घटना सार्वजनिक भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो ।

दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले अश्लिल भिडियो विद्यार्थीलाई देखाइरहेको क्लिप बाहिरिएपछि स्थानीयले शिक्षक यादवलाई कारबाहीको माग गरेका छन् ।

मिथिला बिहारीनगरपालिका ८ घर भएका शिक्षक यादव कक्षा १२ सम्म गणित र विज्ञान विषय पढाउँछन् ।

शिक्षकलाई बुधबार धनुषाधाम प्रहरीले पक्राउ गरेको थियो । उनलाई राजनीतिक दबाव र प्रलोभनमा छोडेको स्थानीय बासिन्दाको आरोप छ ।

प्रहरीले भने आरोपको खण्डन गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले उजुरी नआएकोले उनलाई पक्राउ गर्न नसकेको तर्क गरे ।

‘हिजो त्यहाँको अवस्था तनावग्रस्त भएपछि सुरक्षालाई दृष्टिगत गर्दै नियन्त्रणमा लिएका थियौं । कारबाही गर्ने आधार नभएकालाई उनलाई छाडियो’ डीएसपी क्षेत्रीले भने ‘उजुरी आयो भने उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।

अश्लिल भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै स्थानीबासिन्दाले प्रदर्शन गरेपछि बिहीबार दिउँसो विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरी व्यापक मात्रामा परिचालन भएपछि अवस्था साम्य भएको छ ।

अश्लिल भिडियो देखाउने शिक्षक यादवलाई के गर्ने विषयमा सर्वपक्षीय बैठक चलिरहेक वाइसीएलका धनुषा जिल्ला इञ्चार्ज समेत रहेका स्थानीय सरोज यादवले जानकारी दिए । यो सामचार अनलाइन खबरमा छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्