प्रा.डा. सञ्जीवकुमार शर्मा बीपी प्रतिष्ठानमा शिक्षाध्यक्षमा नियुक्त | Education Patra

प्रा.डा. सञ्जीवकुमार शर्मा बीपी प्रतिष्ठानमा शिक्षाध्यक्षमा नियुक्त


धरान। बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।

यस्तै, सञ्चालक परिषद् सदस्यमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका प्रा.डा. नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईलाई नियुक्त गरिएको छ ।

तत्कालीन शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भएपछि रिक्त रहेकाे पदमा प्रा.डा. शर्मा नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानको ऐनबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले उहाँलाई पाँच वर्षका नियुक्ति गर्नुभएको हो ।

त्यस्तैगरी, प्रा.डा. झा तथा डा. भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनीत गरिएको छ । उहाँहरुको समयावधि ४ वर्षका लागि हुने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले बताउनुभयो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्