शैक्षिक मेला गर्दा शिक्षा मन्त्रालयको स्वीकृति लिनु अनिवार्य | Education Patra

शैक्षिक मेला गर्दा शिक्षा मन्त्रालयको स्वीकृति लिनु अनिवार्य


जनादेश नेपाल, काठमाण्डौं ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पूर्वस्वीकृति नलिई शैक्षिक मेला तथा प्रर्दशनी गर्न रोक लगाएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर स्वीकृतिबिना शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेमा सचेत गराएको हो ।

शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्ययवस्था गरेको भए पनि कतिपय विदेशी वा स्वदेशी शिक्षण संस्थाले स्वीकृतिबिनै मेला तथा प्रर्दशनी आयोजना गर्दै आएका छन् ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले स्वीकृति नलिने संस्था, व्यवसायी र शैक्षिक परामर्शता संस्थाहरूलाई स्वीकृति लिएर मात्र यस्ता कार्यक्रम आयोजना गर्न आग्रह गरेको हो ।

पूर्वस्वीकृतिबिना आयोजना गरिने मेलाको कुनै पनि मिडियाबाट प्रचारप्रसारसमेत नगर्न निर्देशन दिइएको छ ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्