चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि | Education Patra

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि


काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन आह्वान गरेको हो ।

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४ गतेदेखि

यही पुस २४ देखि माघ २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षा भने फागुन २४ गतेदेखि सञ्चालन हुनेछ । फागुन २४ गते एमबीबीएस कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । फागुन २५ गते बीडीएस, फागुन २६ गते बिएस्सी नर्सिङ, फागुन २७ गते बीएएमएस, बिएन, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बि फार्म लगायतका परीक्षा हुनेछन् भने फागुन २८ गते बिचिएचको परीक्षा हुनेछ ।

प्रवेश परीक्षा सबै विषयको २०० पुर्णाङ्कको हुने र परीक्षा समायवधी ३ घण्टाको हुनेछ । एकभन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारहरूले परीक्षा तालिका बमोजिम एकै समयमा परीक्षा नजुध्ने गरी आवेदन दिन सकिने आयोगले जनाएको छ । परीक्षाका लागि आवेदन शुल्क नेपालीका लागि ४ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ ।
" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्