मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट अवरुद्ध हुँदा ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने | Education Patra

मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट अवरुद्ध हुँदा ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने


एजुकेशनपत्र। मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ पारित गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

Madhesh 24विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द  हुनसक्छ : आईस्पान - Madhesh 24

आगामी वैशाख १ देखि लागू हुने उक्त विनियमावली अनुसार तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधा बापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गर्न सक्नेछन् । यसरी मागदाबी गरेको खण्डमा सम्बन्धित सेवाप्रदायकले ग्राहकबाट दूरसञ्चार सेवा शुल्क बापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।

तर सेवाप्रदायकको काबु बाहिरको परिस्थितिमा भने यस किसिमको प्रावधान लागू हुने छैन । त्यस्तै ग्राहकले मोबाइल तथा भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको बखत निज ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गरी माग गरेमा सेवा शुल्क बापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।

यसैगरी फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको हकमा तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधा बापत सम्बन्धित ग्राहकलाई क्षतिपूर्ति स्वरूप मनासिब महशुल उपलब्ध गराउने वा मिनाहा गर्ने अथवा सेवाको अवधि थप गरी सम्बन्धित ग्राहकलाई जानकारी समेत गराउनु पर्नेछ ।

प्रदायकले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा अवरुद्ध भएको तथा सेवा पुनः सञ्चालनमा आएको जानकारी तथा सूचना ग्राहकलाई एसएमएस, मोबाइल एप आदि माध्यमबाट उपलब्ध गराउनुपर्ने व्यवस्था समेत नियामकले नयाँ विनियमावलीमा गरेको छ । प्राधिकरणले यसअघिको दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ भने खारेज गरेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्