पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : सभापति शेरबहादुर देउवा | Education Patra

पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : सभापति शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् ।

संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले बताए ।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका हुन् ।

सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्