शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण | Education Patra

शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण


ऐजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

संघको छैठौं राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । अधिवेशनबाट विजभिन्न १३ वटा विषयहरू पारित गरेको छ । संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ ।

वैशाख २ गते काठमाडौंमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानार्कषण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो ।
23

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्