ऐजुकेशनपत्र, काठमाण्डौं । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो ।
खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेश पत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तै: नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।