बलिउड अभिनेता आमिर काठमाडौंमा: विपश्यना ध्यान केन्द्रमा जाने | Education Patra

बलिउड अभिनेता आमिर काठमाडौंमा: विपश्यना ध्यान केन्द्रमा जाने


काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आउनुभएको छ । अभिनेता खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आउनुभएको हो ।

उहाँ १० दिन मौन बस्ने र यसबीच उहाँलाई केही आवश्यक परेमा स्वयंसेवीसँग कुरा गर्न पाउने बताइएको छ ।

पछिल्लो समय आमिर फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिनुभएको थियो । ‘मिस्टर परफेक्सनिस्ट’ का रूपमा चिनिने आमिरलाई कयौँ बलिउड फिल्मा देख्न सकिन्छ । उहाँले बलिउड आफ्नो ३० वर्ष बिताइसक्नुभएको छ ।

यस्तै, पछिल्लो समय आमिर खान ‘गजनी’ को सिक्वेलको तयारीमा रहेकोसमेत बताइएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्