ऐजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्मा प्रस्तुत गर्ने बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताइन् ।
पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए । उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए ।
विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्थामा थप सुधार गरिने मन्त्री राईले बताए । ‘यो मनोपरामर्शसम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ,’ उनले भने ।
मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताए ।