माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन खुला | Education Patra

माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि आवेदन खुला


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ । अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । लाइसेन्सको परीक्षा भदौ २३ गते बिहान ११ बजेदेखि हुनेछ ।योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।लिखित परीक्षा एकै दिन एक समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनोट गर्नुपर्नेछ । तर, एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन पाइनेछैन ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य सङ्कायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्