सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग | Education Patra

सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग


एजुकेशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको शैक्षिक सत्र २०८०–८१ को लागि नवीकरणका लागि आवेदन माग गरेको छ ।

नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको छ ।

परिषद्बाट सम्बन्धन र स्वीकृति लिई सञ्चालनमा रहेका प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो वर्ष परिषद् प्रदेश कार्यालयबाट गरिएका नियमित अनुगमनबाट योग्य ठहरिएका संस्थाको कार्यक्रमहरूको नवीकरण अनलाइन मार्फत गर्न सूचित गरेको छ ।

प्राविधिक महाशाखाको अनुगमन–सुपरीवेक्षणबाट योग्य ठहरिएका सस्थाहरूले शैक्षिक सत्र ०८०–८१ का लागि कार्यक्रम नवीकरण गराउन सूचित गरेको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्