एजुकेशनपत्र, काठमाण्डौं । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुुगेका अयोग्य २१३ आवदेन आउट भएका छन् ।
उद्योग विभाग अन्तर्गत स्टार्टअप उद्यम कार्यान्वयन समितिको सचिवालयले कर्जाका लागि परेका आवदेन अध्ययन गरेर कार्यविधि अनुरूप नभएका २१३ आवेदन मूल्याङ्कनमा समावेश नहुुने सूचना निकालेर सार्वजनिक गरेको हो । कर्जाका लागि विभागमा ३८२ आवदेन परेका थिए । पहिलो चरणमा कार्यविधि अनुसार अयोग्य २१३ आवेदनलाई आउट गरिएको विभागले जनाएको छ । कर्जाका लागि आवेदन परेका उद्यम व्यवसाय एकल लगानी भएको, फर्म दर्ताको कागज नभएको, प्राइभेट फर्म, सूचनापश्चात् साझेदारी फर्म भएको, साझेदारी फर्म-उद्योग नभएको, नगरपालिकामा एकल व्यवसाय दर्ता देखिएको छ, एकल रही सात वर्ष नाघेको, कम्पनी दर्ता अरूको नाममा भएको कैफियत देखिएको विभागले जनाएको छ ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधिमा उल्लेख भए पनि सो अनुुरूप नभएका व्यवसायलाई आउट गरिएको विभागले जनाएको छ ।
विभागका निर्देशक खगेन्द्रबहादुुर बस्नेतले स्टार्टअप कार्यविधि अनुसार मापदण्ड नपुुगेको २१३ आवदेन रद्द भएको जानकारी दिनुुभयो । नवीनतम ज्ञान, सिप क्षमता भएको व्यवसाय हुुुनुुपर्ने भएपछि कर्जाका लागि आएका अधिकांश आवेदन कार्यविधि अनुुरूप नभएको उहाँले जानकारी दिनुुभयो । पहिलो चरणमा कर्जाका लागि अयोग्य कम्पनीले सार्वजनिक गरिएको र थप बाँकी आवदेनको अध्ययन भइरहेकाले तोकिएको कार्यविधि नपुुगेकाले सूचना निकालेर सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
स्टार्टअप उद्यम कर्जाका लागि चालुु आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले २५ करोड रुपियाँ छुुट्याएकाले २५ लाखका दरले एक सय जनालाई मात्र कर्जा रकम उपलब्ध गराउन विभागले जनाएको छ ।